
काठमाण्डौं, साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस विफिङ मार्फत पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४८४ कोरोना संक्रमित थपिएका छन् । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४८४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुगेको छ जसमध्ये १६७२८ जना निको भइसकेका छन् ।