• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

कास्की–२ मा उपचुनाव : पूरा तयारी, जनमतको पर्खाइ


  •     / २०७६, १४ मंसिर शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    शुक्रबार दिउँसो राम आधारभूत माध्यामिक विद्यालयमा पुग्दा कोही खाल्टा खन्दै थिए, कोही बाँसको खाँबो गाड्दै । केही कर्मचारी मतदाता परिचय पत्रको लिस्ट लिएर बसेका छन् । केही कर्मचारी घाटीमा परिचयपत्र भिरेर कहाँ के भइरहेको छ, कहाँ के पुगेन हेरिरहेका थिए ।

    प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की क्षेत्र नम्बर २ मा भोलि मतदान हुने एक मतदान स्थल हो यो । यहाँ ३ मतदान केन्द्र छन् । कास्की २ मा ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र छन् ।
    राम आधारभूत केन्द्रमा २ हजार ७ सय मतदाता छन् । कर्मचारी, सुरक्षाकमी शुक्रबार रातिसम्मै निर्वाचनको तयारीमै कुदाकुद गरिरहेका थिए ।

    रामआधारभूत माविबाट जनप्रिय उच्च मावि पुग्दा मतदान प्रतिनिधि, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि छलफल गर्दै थिए, ‘यो मतदानस्थललाई कसरी नमुना बनाउने ?’

    ४ मतदान केन्द्र रहेको जनप्रिय माविमा किला गाड्ने, महिला, पुरुषका लागि लाइन छुट्याएर डोरी टाँग्ने, मतदान प्रतिनिधि, दलका प्रतिनिधि रहने ठाउँ मिलाएर व्यवस्थित बनाउनेबारे उनीहरु छलफल गर्दै थिए ।

    ‘यो मतदानस्थलमा ३ हजार ८८ जना मतदाता छन् । कसरी जनताले ढुक्कले मताधिकार प्रयोग गर्न पाउँछन् भनेर सबैखारे तयारी गरेर स्वागतका लागि तम्तयार छौं,’ जनप्रियका मतदान अधिकृत गंगालाल पोखरेलले भने, ‘हिजै सर्वदलीय बैठक ग¥यौं । आज मतदान कर्मचारी बैठक गरेर तयारीमा जुट्यौं ।’

    जनप्रिय मतदानस्थलजस्तै कास्की क्षेत्र नम्बर २ का सबै मतदानस्थलका मतदान केन्द्रलाई व्यवस्थित र सहज बनाउन सबै तयारी सकिएर शनिबार हुने उपनिर्वाचनका लागि ठिक्क पारिएको छ ।

    शनिबार बिहान ७ बजेदेखि मतदातास सुरु हुनेछ । कास्की २ मा ७१ हजार ८ सय ७१ जनाले निर्वाचनमा मतदाता छन् । सकेसम्म सबै मतदाता कहाँ परिचयपत्र पु¥याउने प्रयास गरिएको छ । मतदाता नामावलीमा नाम भएर पनि परिचय पत्र नहुनेले नागरिकताका आधारमा मत दिन सक्नेछन् । जनताको मताधिकारलाई सुरक्षित बनाउन र आफ्नो जनप्रतिनिधि छान्ने अधिकारको रक्षा गर्न सरकारका निकाय तथा राजनीतिक दल र सरोकारवाला लागिपरेका छन् ।

    व्यवस्थित मतदान र जनताको सुरक्षाका निम्ति ३ तहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यो निर्वाचन क्षेत्रमा ११ वडा छन् । बेलुका ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै सबै स्थलबाट मतपेटिका शहिचोकस्थित जिल्ला समन्वय कार्यालय कास्कीमा ल्याइने छ ।

    राति ८ बजे सर्वदलीय बैठक बसेर मतगणना अगाडि बढाउने कार्यक्रम छ ।

    यो निर्वाचनलाई मिनि जनमत संग्रहका रुपमा हेरिएको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो उम्मेदवारलाई जिताएर सरकार सही बाटोमा हिँडेको छ भनेर प्रमाणित गर्न चाहन्छ । प्रतिपक्षी दलहरु सरकारको गलत बाटो र लोकप्रियता खस्किएको छ भनेर प्रमाणित गर्न चाहन्छ ।

    समग्रमा सबै दल र उम्मेदवारको हैसियत जान्ने एक परीक्षाको रुपमा यो उपनिर्वाचनलाई हेरिएको छ ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । यो निर्वाचनमा ११ दलका र १० स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीको नाम दर्ता भएको छ ।

    विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी जमुना शर्माको नामसमेत स्वतन्त्रमा दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

    त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल उम्मेदवार छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.