
प्यूठान, साउन २९ । प्यूठानको झिमरुक नदिको किनारमा एक पुरुषको वेवारिश शव फेला परेको छ ।
प्यूठान नगरपालिका-४ सत्तरी स्थित झिमरुक नदिको किनारमा अन्दाजी ५० वर्षको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
शव आधा कपाल फुलेको, शरिरमा दुवी भएको र शरिरमा कपडा नभएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
शव पहिचानका लागि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।