काठमाण्डौं, साउन ३० । दक्षिणी चिनियाँ सहर शेनजेनका अधिकारीहरुका अनुसार त्यहाँ केही फ्रोजन चिकन विंग्समा पनि कोरोनाभाइरस भेटिएको छ । त्यहाँ यस्ता चिकन विंग्स ब्राजिलबाट आयात गरिने गरिएको छ ।
स्थानीय अधिकारीहरुले आयात गरिएका खानेकुरा नियमित जाँच गरेका थिए । त्यसमा कुखुराको मासुमा पनि कोरोना संक्रमण भेटिएको हो ।
आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षाण गर्दा कोरोना भाइरस पाइएको हो । एजेन्सी







