
काठमाण्डौँ, साउन ३१ । सिन्धुपाल्चोक शुक्रवार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
खोजीको क्रममा शनिवार विहान थप २ जना शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसअघि शुक्रबार नै ११ जनाको शव निकालिएको थियो ।
लिदीको तामाङ वस्तीका २५ जना व्यक्तिहरु अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबाट भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।