
बुटवल, साउन ३१ । कपिवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ ।
केहि दिनदेखि लुम्विनि प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु मायादेवि गाउँपालिकाका ४० वर्षिय पूरुषको शनिवार मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गराइरहेका उनको तीनपटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।