
काठमाडौ, साउन ३१ । सिन्धुपाल्चोक पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।
शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अझै २४ जना बेपत्ता रहेका छन् ।
पहिरोमा परेर मृत्यु हुनेमा जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको छ।
यसै गरि १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षका मेकमाई दोङ, ११ वर्षकी मेकमाई दोङ, ७ वर्षिया बिमला दोङ, सात महिनाका बालका कबिर दोङको शव शनिबार फेला परेको प्रहरीले बताएको छ।