• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो


  •    रासस / २०७७, ३२ श्रावण आईतवार ०९:२८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सिन्धुपाल्चोक, साउन ३२। जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।

    यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    ज्यान गुमाएकाका परिवारले रु १ लाख पाउने

    विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
    एक लाख २५ हजार आर्थिक सहयोग

    जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अवैध हतियारको त्रासमा मधेस
    ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    • ५. बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.