
काठमाडौं, साउन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको आज विहान निधन भएको हो ।
ट्रम्पले भाइको निधनमा दुःख व्यक्त गर्दै उनी आफ्नो भाइमात्र नभएर निकै मिल्ने साथी भएको विज्ञप्ति जारी गरेका बिबिसीमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना गरिएका भाइ रोबर्टलाई शुक्रबार भेटेका थिए । न्युयोर्क पोस्टका अनुसार रोबर्ट एक साताभन्दा बढी आइसियूमा उपचार गराइरहेका थिए ।