• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्रचण्डले पाए चीन भ्रमणको निम्तो : चिनफिङबारे प्रचण्ड भन्छन् : हामीले एकअर्कालाई राम्ररी बुझेका छौं


  •     / २०७६, १४ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

    उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारी छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपति सी जिनपिङको आग्रह र निमन्त्रणामा चीन जान लागेको बताए । सीसँग आठपटक भेटवार्ता भइसकेको र एकअर्कालाई राम्ररी बुझेको उनको भनाइ थियो ।

    ‘चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा पार्टी अध्यक्षज्यूको भ्रमण हुन लागेको हो,’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकासँग भने, ‘उच्चस्तरीय भेटवार्ता तय हुँदै छ ।’ भ्रमणको समन्वय चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । राष्ट्रपति सीसँग भेटवार्ताको सम्भावना रहे पनि त्यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी दिइसकेको छैन ।

    असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहित ६बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नेकपा विदेश विभागप्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागप्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । ‘दुई पार्टीको समझदारीका आधारमा उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि भ्रमण हुन लागेको हो,’ उपप्रमुख रिजालले भने ।

    प्रचण्डले तत्कालीन माओवादी अध्यक्षका रूपमा राष्ट्रपति सीसँग पहिलो भेटवार्ता गरेका थिए । सीलाई राष्ट्रपतिका रूपमा भेट्ने उनी पहिलो नेता हुन् । त्यसपछि प्रधानमन्त्रीका रूपमा उनले बेइजिङ र भारतको गोआमा दुईपटक सीसँग भेटवार्ता गरेका छन् । पार्टी अध्यक्षका रूपमा उनले बेइजिङ र काठमाडौंमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् । ‘अहिलेसम्म हिसाब गर्दा मैले राष्ट्रपति सीसँग आठपटक भेटिसकेको छु,’ प्रचण्डले भने ।

    समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान गर्ने पनि उल्लेख छ । प्रचण्डको भ्रमणका क्रममा नेकपाका अन्य नेता÷कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चालन, प्रशिक्षण, सरकार सञ्चालनलगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम पनि छ । नयाँपत्रिकामा खबर छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अखिल (क्रान्तिकारी) द्वारा श्रद्धाञ्जली सभा सम्पन्न
    लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.