
काठमाडौँ, भाद्र १ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई नतिजा सार्वजनिक भएको छ ।
राष्टिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक भएको हो । विद्यालयले गरेको आन्तरिक मुल्यांकनका आधारमा यस वर्षको एसइई नतिजा सार्वजनिक गरिएको हो ।
कोरोनाका कारण लिखित परीक्षा दिन नपाएका उनीहरुको विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।