
काठमाडौँ, भाद्र १ । नेपालमा लकडाउन यता सामाजिक संजालमा विभिन्न विषयले चर्चा पायो ।
कहिले सामाजिक संजाल पुरानो तस्बिरमय बन्यो त कहिले विशिष्ट व्यक्ती पनि ट्रोलको शिकार बने । हुन त लकडाउनले यता सामाजिक संजालमा फरक -फरक विषयले डेरा नजमाएको भने होइन । कहिले विनोद ट्रेडिङ्गमा आए ,कहिले विसारे तस्बिरहरु । यसैक्रममा सामाजिक संजालमा गत शनिवार देखि निर्मलामय बनेको छ ।
आखिर को हुन त निर्मला?
निर्मला नेपालकाे पश्चिमी कन्चनपुर जिल्ला कि १३ बर्षिय किशाेरि हुन । उनकाे २०७५/०४/१० बलत्कार पछि हत्या गरिएकाे थियाे । उनको घर नजिकैकाे उखु बारिमा शव भेटिएकाे थियाे । हत्या भएको ७५० दिन पुग्दासम्म केही तथ्य बाहिर नआएपछि सरकार, प्रहरी प्रशासन तथा अन्य सम्बन्धित निकायलाई यस घटनामा आवश्यक छानबिन गर्न दबाब दिनका लागि शनिवार यता बिशेष गरि युवा वर्ग निर्मला पन्तकाे न्यायका लागि प्रधानमन्त्री सम्मकाे फेसबुक अकाउन्ट्मा कमेन्ट गरेकाे बताउछन। युबाहरु काठमाडौकाे गाेंगबुकाे घटनाकाे सत्यतथ्य तथा हत्यारा सार्वजनिक गर्न प्रहरिले सक्ने तर यतिसमय बितिसक्दा पनि निर्मला हत्याकाण्डकाे कुनै तथ्य बाहिर आउन नसक्दा सामाजिक सन्जालमा निर्मलाकाे लागि न्यायकाे माग गरिरहेका छन।
यसअघि पनि निर्मलाकाे न्यायकाे निम्ति सबै जनता सहित निर्मलाका बाबु आमा पनि संगै सडकमा आन्दोलनमा उत्रिएका थिए। एउटी आमाले आफ्नाे सन्तानकाे हत्यापछि सडकमा गएर न्यायकाे भिख माग्ने कुनै रहर हैन । तर दुर्भाग्यवश यस घटनामा कमजाेर बनेकाे प्रहरी प्रसाशन तथा सरकारले ती आमाकाे आसु बुझ्न सकेन । हरेक बर्ष जनैपूणिर्मा, तिज, दशै, तिहार आउदा उनलाई पनि निर्मलाकाे याद आउदाे हाे, उनका साथी स्कुलबाट आउदा उनलाई पनि छाेरिकाे आउछे कि भन्ने आश लाग्दाे हाे । घरमा जतिसुकै छाेराछाेरी भएपनि आखिर जाे छैन उसैकाे त हाे नि अभाव हुने, अरुलाई हेरेर मन बुझाउछु भन्ने त एक बाहना मात्र हाे आफ्नि हुर्केकि, खाउखाउ, लाउलाउ, साथी सँग खेलाैँ, रमाअाैँ भन्ने उमेरमा बलत्कारकाे शिकार भएर मारिएर आफ्नै अगाडि शव देख्दा कुन चै आमाकाे मन नराेला र!!: अत: ढिलै भएपनि निर्मलाले न्याय पाऊन ।