
दैलेख, भाद्र ३ । दैलेखमा पहिरोले पुरिदा २ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी दैलेखका छुट्टाछुट्टै ठाउँमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँ दैलेखमा पहिरोले १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ । सोही पहिरोमा ११ वर्षीय लोकेश कठायत बेपत्ता रहेका छन् ।
यस्तै दैलेखकै भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिरोले घर भत्किँदा घरधनी ६६ वर्षीय बलबहादुर रावतको पनि मृत्यु भएको छ ।