
प्यूठान, भाद्र ५। प्यूठानमा अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
विहिवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालको टोकाइबाट घाईते भएका प्यूठान झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका १० वर्षिय अरबिन गिरीको उपचारको क्रममा विहिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृतक गिरीको शवलाई पोष्टमार्टमको तयारी भएको प्रहरीले जनाएको छ ।