
प्यूठान, भाद्र ५ । कोभिड–१९ का कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–७ सोत्र निवासी ६४ वर्षीय एक पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
कोभिड हस्पिटल बुटवलमा उपचारका लागि रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । मृत्यु भएको व्यक्तिलाई मधुमेह, रक्तचाप लगायतको समस्या रहेको समेत उनले बताए ।
प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।