काठमाडौँ, भदौ ६ । कंचनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
महाकाली नगरपालिका–६ मा मोटरसाइकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१ बस्ने १९ वर्षीय सागर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको जनाएको छ ।
युके ०६ ए एफ ८४२६ को भारतीय नम्बर प्लेटको मोटरसाइकल र युके ०६ ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।







