
काठमाण्डौं, भाद्र ६ । रौतहटमा नेपाली सेनाले दुई वटा हेलिप्याड निर्माण गरि हस्तान्तरण गरेको छ ।
नगरपालिकाले उपलब्ध गराएको जग्गामा हेलिप्याड निर्माण गरि हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार गणपति प्रमुख सेनानी खाँणले गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, हेलिप्याड निर्माण भएको ८ नम्बर वडाका वडाध्यक्ष जनार्धन साह, गढीमाई नपाका मेयर श्याम प्रसाद यादब र वडा नम्बर २ का वडाध्यक्ष दिपेन श्रेष्ठ र ईन्द्रबक्स गणका सहायक सेनानी बाबुराम पौडेलको उपस्थितिमा हेलिप्याड हस्तान्तरण गरेका हुन् ।
सेनाद्धारा निर्मित २ वटै हेलिप्याड दिउँसो र राती समेत प्रयोग गर्न सकिने सेनाले जनाएको छ ।