
काठमाण्डौं, भाद्र ९ । कञ्चरपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गए राती ८ : २५ बजेको समयमा चट्याङ लागेर घाइते भएका कञ्चरपुरको बैलौरी नगरपालिका १ का २२ वर्षीय लोकेन्द्र चन्दको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै चट्याङमा परेर सोहि ठाउँका २६ वर्षीय सुजन शाहि र २० वर्षीय नरेश शाहि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमर थापाले जानकारी दिए । घाइतेको उपचार भईरहेको थापाले वताए ।