काठमाण्डौं, भाद्र ९ । भारतको महाराष्ट्रको रायगण्स्थित काजलपुरा क्षेत्रमा पाँच तले भवन भत्किदा हालसम्म २ जनाको मृत्यु भएको छ
सोमबार साँझ उक्त घटना भएको र घटनामा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवन १० वर्ष पुरानो रहेको थियो र त्यहाँ ५० परिवार बसोबास गर्दै आएका थिए । एजेन्सी