दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । अन्तिम मतपरिणामअनुसार नेकपा उम्मेदवार बिमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।यसअघि २०७४ सालको चुनावमा उक्त क्षेत्र नेकपाले जितेको थियो । घर्तीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् ।
यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले मात्र २२५ मत ल्याए ।