
प्यूठान, भाद्र ९ । प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा प्यूठान स्वर्गद्वारी नगरपालिकाका ३ जना र नौवहिनि गाउँपालिकाका १ जना गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार संक्रमित १८ वर्षदेखि ४४ वर्षसम्मका रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४२१ पुगेको छ जसमध्ये ३७४ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।