काठमाण्डौं, भाद्र ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत देशभरमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दियो ।
यससँगै नेपालमा ३३ हजार ५३३ पुगेको छ ।







