
प्यूठान, भाद्र ९ । मंगलवार प्यूठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा प्यूठानका विभिन्न क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना पोजेटिभ देखिएकोे जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
संक्रमित नौवहिनि गाउँपालिकाका ६ जना, ऐरावती गाउँपालिकाका ९ जना र स्वर्गद्वारी नगरपालिकाका ३ जना २ वर्षदेखि ६१ वर्षसम्मका रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ जसमध्ये ३७४ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।