• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

महिला सामुदायिक लघुवित्तको कर्जा बिमा सुविधा निकै प्रभावकारी बन्दै


  •    अस्मिता के. सी. / २०७७, १० भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र १०  नेपाल राष्ट्रबाट ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति पाएको यस महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को कर्जा बिमा सुविधा निकै प्रभावकारी बन्दै गएको छ ।

    विगत लामो समयदेखि जनताको घर दैलोमै पुगेर सदस्य विस्तार गरेको उक्त संस्थाले आफ्ना विभिन्न कर्जा तथा बिमा सुविधा मार्फत नाफाका साथै निकै लोकप्रियता समेत कमाएको छ । संस्थाको शाखा कार्यालय बाहाने प्यूठानले हालैमात्र नाैबहिनी गाउँपालिका वडा नं- ८ बल्लेखाेलामा गठन गरिएकाे केन्द्र नं ३ काे सदस्य स्वर्गीय शान्ता एम सीकाे दुखद् निधन भएकाे अवस्थामा संस्थाले बिमा सुविधा बापत रू ५,५८,००० अक्षरुपी पाँच लाख अन्ठाउन्न हजार रुपियाँ उहाँको परिवारमा हस्तान्तरण गरेको हो ।

    उक्त रकम नाैबहिनी गाउँपालिका अध्यक्ष श्री शिवराज रिजालद्वारा मृतक सदस्यकाे श्रीमान कुल बहादुर महतरालाई हस्तान्तरण गरिएको संस्थाका बरिष्ठ अधिकृत यमलाल डाँगीले जानकारी दिए । केन्द्र नं ३ काे सदस्य श्री सरस्वता पाेख्ररेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथी नाैबहिनी गाउँपालिका अध्यक्ष श्री शिवराज रिजाल संस्थाका बरिष्ठ अधिकृत यमलाल डाँगी, पत्रकार महेश थापा, संस्थाकाे बाहाने शाखाका प्रमुख अनिल के. सी. लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा अध्यक्ष रिजालले लघुवित्त वित्तीय संस्थाले यसरी सदस्यकाे मृत्यु भएकाे अवस्थामा संस्थाले लिएकाे ऋण मिनाहा गरिदिएर परिवारलाई अार्थिक सहयाेग गरेकाेमा संस्था प्रती अाभार व्यक्त गर्दै संस्थाले वित्तीय पहुचबाट टाढा रहेका सदस्यहरुलाई सरल माध्यमबाट वित्तीय सेवा प्रदान गरेकाेले यसबाट बढी भन्दा बढी फाईदा लिएर महिलाहरुले अाफ्नाे सुन्दर भविष्य निर्माण गर्न सक्ने बताए । कार्यक्रममा संस्थाका बरिष्ठ अधिकृत यमलाल डाँगीले संस्थाले सन्चालन गरेकाे कार्यक्रमहरू तथा प्रदान गरेकाे सेवा सुबिधाहरूकाे बारेमा जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.