काठमाण्डौं, भाद्र ११ । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बुधवार साझ परेको चट्याङ लागेर घाइते भएका कञ्चरपुर पुनर्वास नगरपालिका-११ का २७ वर्षीय गणेश सिंहको उपचारको क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका सोही ठाउँका लालबहादुर बोगटी, भावना भुल र पशुपति सार्कीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।