• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कास्की २ मा नेकपाकी बिद्या भट्टराई विजयी


  •     / २०७६, १६ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं। २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकातर्फबाट उमेदवार बनेकी भट्टराईले ‘कास्कीका जनताले स्व. रविन्द्र अधिकारीको निधनपछि जसरी आफूलाई जनताको सेवा गर्न चयन गरेर पठाएका छन्, सोही अनुसार जनताको मन नदुखाउँनेगरी काम गर्छु ।’ भट्टराईले भने। लामो समयदेखि प्राध्यापन पेशामा संलग्न भट्टराई तत्कालिन संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि श्रीमानले देखेको सपना पुरा गर्नका लागि राजनीतिमा सक्रिय भएको उनले बताएकी छिन् ।

    विद्यार्थी राजनीतिमा सक्रिय भएकै बेला रविन्द्र अधिकारीसँग बैबाहिक जीवन बाधिएका भट्टराई विवाहपछि प्राज्ञिक क्षेत्रमा काम गर्दै आएका थिए । आफू विद्यार्थी आन्दोलन, महिला आन्दोलन हुँदै प्राज्ञिक क्षेत्रमा लागेपनि राजनीतिबाट टाढा नभएकाले आफूले जनताको चाहनाअनुसार काम गर्न सक्ने दावी गरे। नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उमेदवार बनेपछि आफ्नो निर्वाचन क्षेत्रका हरेक टोल टोल पुगेकी भट्टराईले जनताका समस्याका बारेमा आफू पहिल्यैदेखि जानकार रहेकाले ति समस्या समाधानका लागि प्रतिबद्ध हुने बताएकी छिन् । निर्वाचन घोषणा हुनुपुर्व भट्टराईका प्रतिस्पर्धी काँग्रेस उमेदवार खेमराज पौडेलले माला लगाएर बधाई दिनुभएको थियो । भट्टराईलाई बधाइ दिदै पौडेलले बहुदलीय व्यवस्थाको सुन्दर पक्ष भनेकै प्रतिस्पर्धा भएकाले दलहरुबीच हुने प्रतिस्पर्धा र हारजितलाई आफूले सहजरुपमा लिएको बताए। भट्टराईलाई खादा र माला लगाउँदै पौडेलले कास्कीका जनताका समस्या समाधानका लागि आफू सधैभरी भट्टराईसँगै रहने बताए।

    उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रुपमा दलहरुले प्रतिष्ठाको रुपमा लिएका थिए । निर्वाचनमा भाग लिएका प्रमुख दल लगायत साना दलका समेत केन्द्रीय स्तरका नेताहरुको सहभागितामा आमसभा, घरदैलो लगायतका कार्यक्रमहरु भएका थिए । उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका अन्य ११ राजनीतिक दल र १० जना स्वतन्त्र उमेदवारले झिनो मत मात्र प्राप्त गरेका थिए । प्रतिस्पर्धामा रहेका समाजवादी पाटीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीका रजनी केसीले ९४२, मंगोल नेशलनल अर्गनाइजेसनका रियाज गुरुङले १३८, राप्रपा ९संयुक्त०का गंगा मल्लले ९५, नेकपा ९माले०का टेकनाथ भण्डारीले ५१, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, नेपाली काँग्रेस विपीका चन्द्रबहादुर रानाभाटले २८, देशभक्त नेपालका विरबहादुर विश्वकर्माले ११ र स्वतन्त्र उमेदवार उमनाथ गौतमले १, कमलजंग कुँवरले ६१, जमुना शर्माले ७७, दिपक रेग्मीले ५, नवराज बास्तोलाले १८, यज्ञप्रसाद पंगेनीले १, रनबहादुर दमैले ४, लक्ष्मी भुजेलले ४, सुनिल बहादुर कोइरालाले ११ र सुनिल भुसालले ४ मत प्राप्त गरेको थियो ।

    यसैबीच, प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं। २ ख को मतगणना जारी छ । आइतबार अवेरसम्म ५० प्रतिशत मतगणना सकिएको र सोमबार बिहानसम्म मतपरिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । ५० प्रतिशत मतगणना हुँदासम्म बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही नेपाली काँग्रेसका जित शेरचन भन्दा करिब एक हजार मतान्तरले अग्रता कायम गरिरहेको छ ।
    गोरखापत्र दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.