• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा भोलिदेखी एक हप्तासम्म निषेधाज्ञा


  •     टुआर क्षेत्री / २०७७, ११ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

     प्युठान, भाद्र ११ । प्युठानमा कोभिड संक्रमण समुदाय स्तरमा देखिन थालेपछि भोली शुक्रवार देखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको छ ।

    आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भोलीदेखी भाद्र १८ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै गएको, लक्षण सहित बिरामी देखिनु, बंैक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । संभावित टे«किङ, ट्याकिङ्ग र टेस्टिङ्गलाई अगाडी बढाउनका लागि एक हप्ता निषेधाज्ञा गर्न लागिएको उनकोे भनाई छ ।

    एक हप्ताका लागि अत्यावश्यक पसल बाहेक सबै बन्द गर्ने निर्णय गरिएको छ । यस पूर्व १५ गतेसम्म बन्द गरिएको सार्वजनिक तथा नीजि यातायात तीन दिन थप गरी निषेधाज्ञा अवधिभर अर्थात भदौ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

    त्यस्तै प्युठान अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बहिरंग सेवा बाहेक अन्य सेवा बन्द गरी सम्पर्कमा आएका व्यक्तिहरुलाई आईसुलेसनमा राखी स्वाव परिक्षण गर्ने समेत निर्णय भएको प्रजिअ भुसालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.