
काठमाण्डौ भाद्र ११ । सुनको मुल्यमा विहिवार बृद्धि भएको छ ।
सुनको मुल्य अघिल्लो दिन भन्दा विहिवार प्रतितोला ८ सय रुपैँया बढेरे ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९७ हजार १ सय रूपियाँमा कारोकार भइरहेको छ ।