
प्यूठान, भाद्र ११। प्यूठानमा गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएका परिवारका सदस्य सहित ४ जनालाई कोरोना पुष्टि भएको छ ।
विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा परिक्षणमा प्यूठानका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार संक्रमितहरु स्वर्गद्वारी नगरपालिकाका ३ जना र मल्लरानी गाउँपालिकाका १ जना रहेका छन् ।
स्वर्गद्वारी नगरपालिकाका ३ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन मै रहेको र १ जना कोरोनाबाट मृत्यु भएका पुरुषको परिवारका सदस्य रहेको गाउँपालिका स्वास्थ्य संयोजक दल बहादुर के.सीले जानकारी दिए । मृतकको परिवारका सदस्यलाइ कोरोना देखिएपछि उक्त घर शिल गरिएको स्वास्थ्य संयोजक के सीले बताए ।
यस्तै मल्लरानी गाउँपालिका संक्रमित गाउँपालिकाको कर्मचारी रहेका गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले जानकारी दिए। गाउँपालिकाका ४५ स्वाव परिक्षणका लागि पठाइएको १ जनाको पोजटिभ देखिएको र अन्यको नेगेटिभ देखिएको उनको भनाई छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिपछि गाउँपालिका शिल गर्ने नगर्ने भन्ने विषयमा बैठक वसिरहेको स्वास्थ्य संयोजक शाहिले वताए।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४४७ पुगेको छ जसमध्ये ३७७ जना निको भएका छन् भने १ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।