• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

भरतपुर १६ को मतपरिणाम : कांग्रेसको छक्का, प्रचण्डलाई भयो धक्का !


  •     / २०७६, १६ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    भरतपुर महानगरपालिका १६ मा भएको उपचुनावको मतपरिणामले सत्तारुढ नेकपाभित्र तरंग पैदा गरेको छ ।

    यो एउटा वडाको चुनावको विषयमात्र भन्दा पनि नेकपाका अध्यक्ष प्रचण्ड र महानगरपालिका प्रमुख रेणु दाहालको प्रतिष्ठासँग जोडिएको विषय थियो । प्रचण्डको गृह जिल्ला र निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर महानगरपालिका १६ मा नेकपा पराजित हुनुलाई खास अर्थमा हेरिएको छ ।

    यसअघिको चुनावमा एमाले एक्लैले जितेको ठाउँमा अहिले दुई पार्टी मिलेर एउटै उम्मेदवार उठाउँदा समेत किन हारे ? नेकपाभित्र यो बहसको विषय बनेको छ ।

    यसअघिको चुनावमा २ हजार १ सय ३२ मत ल्याएर ६४ मत अन्तरले एमालेका उम्मेदवार विजयी भएका थिए । त्यतिबेला कांग्रेस उम्मेदवारले २ हजार ६८ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९ सय ५८ मत ल्याएका थिए ।

    अहिलो दुई पार्टी मिलेको अवस्थामा पहिले माओवादीले पाएको ९ सय ५८ मत थपिँदा कांग्रेसको भन्दा १ हजार मतको फरक पर्ने आँकलन भएको थियो ।

    तर अहिले पार्टी एक हुँदा पनि नेकपा कांग्रेससँग ३ सय ८ मतको अन्तरले पराजित भयो । कांग्रेसका उम्मेदवार अमृतराज हमाल ३ हजार १ सय ८३ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

    हमाल यसअघिको पालिकाको चुनावमा नेकपाका चतुरमान गुरुङसँग ६४ मतकोे अन्तरले पराजित हुनुभएको थियो । यस्तै प्रतिद्वन्द्वी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको थियो ।

    किन आयो यस्तो नतिजा ?

    यसपटक अंकमा गरिएको मत आँकलन परिणाममा देखिएन । यसका पछाडि विविध कारण जोडिएका छन् । नेकपाभित्र चितवन प्रचण्डको जिल्लाको रुपमा हेरिने र एकीकरणको क्रममा संघसंगठनको अधिकांश नेतृत्वमा प्रचण्ड पक्षधरकै हाबी हुँदा पनि यो चुनावमा त्यसको असर देखिएन ।

    पहिला एउटै पार्टीले जितेको वडामा अहिले दुई पार्टी एकताका साथ मिलेकै थिए र पनि चुनावलाई सकस ठानेर सांसद तहको प्रतिनिधिको नियमित खटाइले आम मतदाताको बुझाइमा नेकपा आक्रामकभन्दा रक्षात्मक देखिएको थियो ।

    एउटा वडाध्यक्षको चुनावका लागि सिंगो पार्टीका अध्यक्ष प्रचण्डलाई सभामा बोलाइनु र मैदानमा उतार्नुलाई नेकपा अत्तालिएको अवस्थाको रुपमा चित्रित भएको थियो । यो शैलीप्रति नेकपाभित्रकै केही बुद्धिजीवि सन्तुष्ट थिएनन् । यसले आम मतदातामा नेकपा असाध्यै कमजोर रहेको भन्ने बुझाइ भएको थियो ।

    महानगर प्रमुख रेणु दहाल नेकपाको नेतृ हुनुहुन्छ । नागरिक जहिले पनि सत्तापक्षको विपक्षमा रहन्छन् । महानगरको सत्तापक्ष नेकपा हुनु र नागरिकको अपेक्षा धेरै भएको र ती सबै अपेक्षा पूरा नहुँदा पनि यो परिणाम देखिएको बुझ्न सकिन्छ ।

    एक पटक चुनावमा उठेर पराजित भएका उम्मेदवार दोस्रो पटक फेरि नागरिकको बीचमा पुग्दाको भावनात्मक सम्बन्धले धेरथोर काम गर्छ नै । कांग्रेसका उम्मेदवारलाई त्यही भावनाले पनि सहयोग पुगेको हुनुपर्छ ।

    केन्द्र जिल्लामा पार्टी एकता भए पनि गाउँ टोलस्तरमा कार्यकर्ता एक हुन नसक्दा पनि यो परिणाम आएको मान्न सकिन्छ । पहिलेका चुनावमा गुट समूहको प्रभाव पर्ने कांग्रेसमा यस पटक कुनै संकेत देखिएन । कुनै पनि हालतमा चुनाव जित्नैपर्ने रणनीतिमा कांग्रेस लागेकै कारण पनि यो परिणाम देखिएको हो ।

    नेकपालाई पाठ

    चितवनको भरतपुर महानगरपालिकामा जित्दै आएको क्षेत्र गुमाएको नेकपालाई यो चुनावले धेरै कुरा सिकाएको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु नागरिकका गुनासा र आलोचना रुचाउँदैनन् भन्ने आरोप थियो । अब गुनासो सुन्ने र आलोचना सहने चेत विकास गर्न यो परिणामले गजबको अवसर बनाइदिएको छ । जनप्रतिनिधि खास मानिसका घेराबन्दीमा मात्र होइन, आश गर्ने नागरिकका बीचमा पुग्नका लागि यो परिणामले बाटो देखाइदिएको हुनुपर्छ ।

    नेकपाले जिल्ला तहमा पार्टी एकतापछिको संरचना बनाए पनि त्योभन्दा तल खासै संरचना बनाएको थिएन । संगठनमा जिम्मेवारी र संगठनको सक्रियता टोल तहदेखि बढाउनुपर्ने रहेछ भन्ने सिकाइ यो परिणामले देखाउँछ । किनकि यो वडामा निर्वाचनमा खटिने क्रममा यही वडाका कार्यकतालाईभन्दा भन्दा बाहिरका नेतालाई बढी जिम्मेवारी दिइएको देखिन्थ्यो ।

    भरतपुर १६ को चुनावलार्ई प्रतिष्ठाको रुपमा लिएको कांग्रेस गुट समूहमा बाँडिएन । निर्वाचनको चरणमा कांग्रेसको व्यवस्थित खटाइ र कार्यकर्ता परिचालनले नै यो निर्वाचनमा प्रचण्डलाई धक्का दिँदै छक्का मारेको छ । नेकपाप्रति बढेको असन्तुष्टिले कांग्रेसलाई सहयोग पुग्यो, कांग्रेसको छक्काले प्रचण्डलाई धक्का पुग्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    लुम्बिनी प्रदेशसभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
    माओवादी नेता माधव सापकोटा वाईसिएलको जिल्ला सम्मेलनमा सहभागी हुन प्यूठान आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ४. ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    धेरै पढिएको
    • १. वेलवास माविमा अक्षयकोष स्थापना, चेतन भुसालद्वारा एक लाख बढीको सहयोग

    • २. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • ३. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ४. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.