
काठमाडौं, भाद्र १२ । अमेरिकी डलरको भाउमा शुक्रवार पनि गिरावट आएको छ ।
शुक्रबार ७८ पैसा घटेर एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बिहीबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा निर्धारण भएको थियो ।