
काठमाण्डौं, भाद्र १२ । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाई बनेकी छिन् ।
आइडलका एक सदस्यलाइ कोरोना देखिपछि अन्नपुर्ण मिडिया नेटवर्टका अध्यक्ष रामेश्वर थापाले नेपाल आइलक सिजन ३ को घोषणा गरेका हुन् । संक्रमणको कारण विजेता घोषणा कार्यक्रममा जर्ज र प्रतिस्पर्धीको उपस्थिति रहेन । यस्तै फस्ट रनरअफ प्रविण बेडुवाल र सेकेण्ड रनरअफ किरण कुमार भुजेल बनेका छन् ।
आइडल विजेता सज्जाले नगद रु ५० लाख, फस्ट रनरअफ प्रविणले नगद रु १० लाख र सेकेण्ड रनरअफ ५ लाख प्राप्त गरेका छन् ।