
काठमाण्डौ भाद्र १४ । आज दिनभरको मौसम सामान्यतया बादल लागी केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अहिले सामान्य पानी परिरहेको छ । यी ठाउँहरुमा दिउँसो पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र भारतमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालमा पानी पर्ने सम्भावना भएको हो । भोलि रातिदेखि भने पानी पर्ने क्रम अझै बढ्न सक्ने मौसमविद् श्रेष्ठले बताए ।