
काठमाण्डौ, भाद्र १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम ‘मन की बात’ इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ । प्रेस सूचना ब्यूरो, भाजपा र मोदीको युट्युब च्यानलमा ‘मन की बात’ को भिडियोलाई डिस्लाइक बढी आएको छ ।
मोदीको कार्यक्रम ‘मन की बात’ २६ हजार लाइक थियो भने डिस्लाइकको संख्या २ लाख ३४ हजार थियो।यस्तै, मोदीको च्यानलमा ५ लाख ७४ हजार भ्युज भएकोमा २३ हजार लाइक र ४६ हजार डिस्लाइक थियो ।
के भनेका थिए मोदीले ?
मोदीले ‘मन की बात’ मा हरेक पटक फरक विषयमा सम्बोधन गर्छन्। आइतबार उनले ओणम् पर्वका बारेमा कुरा गरे र भारतीय उद्यमीलाई खेलौनाको व्यवसायका बारेमा सुझाव दिए। उनले विश्वबजारमा खेलौना उद्योग ७ लाख करोडको रहेकोमा भारतीय हिस्सेदारी निकै कम भएको बताएका थिए।
यसका अलावा भारतमा कम्प्युटर गेम बनाउन पनि उनले आग्रह गरेका थिए । एजेन्सी