
काठमाडौँ, भाद्र १७ । कास्कीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ३० सहिदचोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको नम्बर नखुलेकै सवारी साधनको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ठक्करबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।