• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कारागारका कैदीबन्दीलाइ सरसफाई सामग्री


  •    टुआर क्षेत्री / २०७७, १९ भाद्र शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र १९ । नेपाल रेडक्रस सोसाइटी को ५८ औं स्थापना दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले  कारागार  प्यूठानमा रहेका कैदीबन्दीहरुको लागि सरसफाई सामग्री वितरण गरेकाे छ ।

    KeepClapping (तालि बजाउनुहोस् ) भन्ने मूख्य नाराका साथ यो दिवस मनाएको हो । यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को कारणले औपचारिक रुपमा कार्यक्रम नगरी कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य तथा सरसफाईमा सहयोग गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको हो ।कार्यक्रमको अवसरमा कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य बहादुर पन्तलाई सामग्री हस्तान्तरण गरिएकाे छ ।

    कारागारमा रहेका ७० जना कैदीबन्दीका लागि जिल्ला शाखाबाट ७० प्याकेट(ब्रुस,कोलगेट,नुहाउने साबुन,कपडा धुने साबुन ,रुमाल र खानको लागि १ थान बिस्कुट) सरसफाई सामग्री राखिएको छ । कार्यक्रममा जिल्ला शाखाका मन्त्री दामोदर शर्मा, कारागार कार्यालयका प्रमुख  पन्त ,नेपाल रेडक्रस सोसाइटी खलंगा उपशाखाका सचिब राधिका रोका, जिल्ला शाखाका कर्मचारी देवीराम शर्मा लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अवसरमा मन्तव्य राख्दै शाखाका मन्त्री शर्माले यस पटक परिस्थिति प्रतिकूल भएका कारण प्रत्यक्ष रुपमा कैदीबन्दीलाई सरसफाई सामग्री हस्तान्तरण गर्न नसके पनि कारागारा कार्यालयको माध्यमबाट प्रत्येक कैदीबन्दीहरुलाई उक्त सामग्री उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे  ।

    साथै नेपाल रेडक्रस सोसाइटी एक मुनाफारहित सेवामूलक संस्था भएको बताए साथै हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस बाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।त्यस्तै सरसफाई सामग्री लिनुहुँदै कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य ब. पन्तले नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाबाट यस कार्यालयको लागि सरसफाई सामग्री उपलब्ध गराएकोमा धन्यबाद व्यक्त गरे। साथै अन्य कार्यक्रमहरुमा समेत रेडक्रसको साथ र सहयोगको अपेक्षा समेत राखे  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.