
काठमाडौं भाद्र २१ । आइतवार सुनको मुल्यमा गिरावट आएको छ ।
सुनको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।