
काठमाण्डौं, भाद्र २२ । जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा सन्दिप सम्मिलित तलावाज सेन्ट लुसियासँग ११ रनले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिएका छन
जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ ।