काठमाडौं, भाद्र २२ । डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ।
पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जादैं गरेको लु १ ज ४२२९ नं को जीप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जीपमा सवार सबै पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने वर्ष २४ का चालक रामबहादुर रोकाया, सोही स्थानका वर्ष २५ का सवारी धनी नरबहादुर रोकाया, वडा नं ६ बस्ने लोकचन्द्र विक, सोही ठेगानाका वर्ष २६ कि हिरा बिक र वर्ष २५ कि मीना पुन रहेका छन्। अन्य दुई जनाको अवस्था मध्यम रहेको र घाइते हीरा विक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।







