
काठमाण्डौं, भाद्र २३ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त नयाँ फिल्मको छायांकनमा लागेका छन् । क्यान्सरसँग लडिरहेका सञ्जयले फिल्म ‘शमशेरा’ को छायांकन शुरु गरेको भारतिय मिडियामा जनाइएको छ ।
सञ्जयले क्यान्सरको उपचार कोकिलाबेन अस्पतालमा गराईराखेका छन्। उनको उपचार पनि भारतमै सम्भव रहेको बताइएको छ । काममा फर्केका सञ्जय देश बाहिर नजाने भएका छन्। उनले आफू स्वस्थ्य भएको कारणले छायंकनमा फर्केको बताएका छन्। उनी अधुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन् ।
उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहन्छन् । एजेन्सी