
काठमाडौं, भाद्र २३ । कास्कीमा पहिरोमा परेर एक युवतिको मृत्यु भएको छ ।
मंगलवार विहान कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर २० वर्षीय सिर्जना विककोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरो आएको थाहा पाएपछि युवतिसँगै सुतेका काजी र सन्दीप बाहिर निस्कन सफल भए पनि सिर्जना भने बाहिर निस्कन नसक्दा मृत्यु भएको होे ।