
प्यूठान, भाद्र २४ । प्यूठानमा कमन लियोपार्ड प्रजातिको चितुवा मृत फेला परेको छ ।
मंगलवार विहान झिमरुक गाउँपालिका ५ बादिखोलामा चितुवा मृत फेला परेको झिमरुक गाउँपालिका ५का वडा अध्यक्ष टिका बहादुर जि सीले जानकारी दिए । राती चितुवा लडेको आवाज आएको र विहान मृत फेला परेको वडा अध्यक्ष जि.सीको भनाई छ । चितुवाको शरिरमा घाउ भएकाले लडेर मृत्यु भएको हुन सक्छ, उनले भने, “मृत फेला परेको चितुवालाइ वन डिभिजन कार्यालयलाई बुझाएका छौँ” ।
मृत फेला परेको चितुवा कमन लियोपार्ड प्रजातिका रहेको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । उक्त चितुवालाई डिभिजन वन कार्यालयमा लिएर गाडिएको उनले बताए ।