काठमाण्डौ, भाद्र २५ । बागलुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ लाग्दा बागलुङ ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बस्नेतको घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु गएको प्रहरीले जनाएको छ ।







