
काठमाण्डौ, भाद्र २६ । अछाममा रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।
विहिवार जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दाउरा ल्याउने क्रममा माथिबाट सल्लाको मुढाले घाँटी थिचिन गई घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ ।