
काठमाण्डौ, भाद्र २६ । शुक्रवार अमेरिकी डलरको भाउमा गिरावट आएकोे छ ।
शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघि, बिहीबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण गरेको थियो ।