काठमाडौं, भाद्र २९ । विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन्।
दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए। अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन्। इन्स्ट्रामा सेयर गरेको तस्बिरमा उनी समुन्द्रको नजिक देखिएकी छन् ।
जसमा उनले लेखेकी छन् –‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन । यो आफ्नो अधिनमा हुँदैन किन ?’ अनुष्काले सार्वजनिक गरेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको छ ।







