
प्यूठान, भाद्र ३० । स्वास्थ्य चौकीका प्रदान गरिने सेवा सुचारु भएको छ ।
स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु भएकोे स्वास्थ्य चौकीका प्रमुख हुनाराम विष्टले जानकारी दिए । स्वास्थ्य चौकीका अन्य कर्मचारी पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु गरिएको उनको भनाई छ ।
स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि भाद्र २१ गतेदेखि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा वन्द गरिएको थियो ।