
काठमाडौं, भाद्र ३१ । धादिङमा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा १ जनाको मृत्यु भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ मा रुखको हाँगा भाँचिएर लड्दा ३५ वर्षका अर्जुनबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यस्तै सोहि ठाउँका २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् । उनको धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको प्रहरीले जनाएको छ ।