
काठमाडौं, भाद्र ३१ | माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ।
उनको हुड क्यानलस्थित निवासमा दुईदिनअघि निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले उनको निधनको जानकारी हिजो गराएको हो। उनी अल्जाइमरको विरामी थिए ।
विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् । एजेन्सी