काठमाडौं, असोज २ । पूर्व–पश्चिम राजमार्गर्अन्तर्गत मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
शुक्रबार बिहान को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बेलबारी–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको केही बेरमै उनको मृत्यु भएको ढकालले बताए। मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएको उनले बताए।